वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

पोखरा स्पोर्टस । वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप २०२४ मा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

थाइल्याण्डमा सम्पन्न ‘डिभिजन ए’ तर्फको प्रतिस्पर्धामा चाइनिज ताइपेइलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । डिजिन ए तर्फ सहभागि ११ देशमा नेपालले स्वर्ण पदक जितेको टिमका प्रशिक्षक श्याम श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

थाइल्याण्डको कोरात शहरस्थित टर्मिनल २१ सेन्टरमा सम्पन्न प्रतियोगितामा नेपालले १७–१५ र १७–१६ को सोझो सेटमा पराजित गरेको हो ।

च्याम्पियनसिपमा नेपालले अन्य स्पर्धामा समेत काश्य पदक जितेको छ । नेपालले मिक्स क्वाड र मेन्स क्वाड संगै नेपालले पहिलो पटक स्पर्धा गरेको कुप ताक्रोमा समेत काश्य पदक जितेको छ । नेपालले वर्ल्ड च्याम्पियनसिपमा एक स्वर्णसहित तीन काश्य पदक जितेको छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पटक १ स्वर्ण र तीन काश्प पदकसहित ४–४ वटा पदक जित्न सफल भएको प्रशिक्षक श्रेष्ठले बताए ।

भदौ १६ गते देखि २३ गते (सेप्टेम्वर १ देखि ८, २०२४) सम्म सम्पन्न वर्ल्ड च्याम्पियनसिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागीता जनाएका थिए ।

यस्तै टीम आईटीओमा नेशिर मास्के, टिम म्यानेजरमा जीतेन्द्र थापामगर, प्रशिक्षकमा महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ एवं रेफ्रीमा सोम माया थापा मगर सहभागि थिए । नेपाली टोली सोमबार स्वदेश फर्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close