
पोखरा स्पोर्टस । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष एवं समाजसेवी राजमान थकालीको निधन भएको छ । उनको आज शनिबार अस्ट्रेलियामा निधन भएको हो । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित रहेको सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए ।
उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको थकालीले जानकारी दिए । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ ।
पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित हिमा अस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसेर ब्यवसाय सगैं खेलकुद र सामाजिक कृयाकलापमा संल्ग्न थिए ।
फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आएका थिए । उनले सहारा क्लबलाई प्रत्यक्ष सहयोग संगै पोखराका विभिन्न खेलकुद कार्यक्रमहरुलाई सहकार्य गर्दै आएका थिए ।
मूल घर भने मुस्ताङ रहेका उनको निधनमा सहारा क्लब पोखराले गहिरो दुःख व्यक्त गरेको क्लबका प्रचार प्रसार संयोजक समेत रहेका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले जनाएका छन् । उनले भने–“यो क्लबका लागि मात्रै नभई सिंङ्गो पोखराको खेलकुदका लागि अपुरणिय क्षती हो । क्लब उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”
