पलेशालाई पूर्व प्रधानमन्त्री दाहालको बधाइ

पोखरा स्पोर्टस । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई भेट गरी बधाई दिएका छन् । टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् ।

सो अवसरमा पूर्व प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिकका लागि राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि राखेपले सिफारिस गरिसकेको जानकारी गराउदै स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई पनि राखेपमा प्रशिक्षकमा नियुक्तिका लागि समेत सिफारिस गरिसकेको अवगत गराए ।

सो अवसरमा पलेशाका बुवा प्रदीप, प्रशिक्षक लामा, पारालिम्पिकमा तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close