प्रथम अन्तर क्लब ह्याण्डवलको उपाधी टिम मनकामनाले जित्यो

पोखरा स्पोर्टस । पोखराको बाटुलेचौरमा सम्पन्न प्रथम अन्तर क्लब ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले जितेको छ।

ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए। त्यस्तै हाईएष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र मुल व्यवस्थापन समितिका संयोजक रामकुमारी बानियाँले नगद, ट्रफी, मायाको चिनो र प्रमाणपत्र वितरण गरे ।

तीन दिनसम्म भएको प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close