लामाचौर कप राष्ट्रिय भलिबल : महिलातर्फ एपिएफ र न्यू डायमण्डको जित

पोखरा स्पोर्टस । पोखरामा मंगलबारबाट सुरु भएको लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब बिजयी भएका छन् ।

नेपाली महिलाहरुको महान पर्व तिजलाई लक्षित गर्दै सुरु भएको ११औं सस्करणको महिलातर्फ सम्पन्न दुई खेलमा एपिएफ र न्यू डायमण्डले आ–आफ्ना खेल जितेका छन् । सम्पन्न पहिलो खेलमा घरेलु टोली गण्डकीलाई एपिएफले ३–१ को सेटमा पराजित गरेको छ ।

यूवा टोली लिएर मैदानमा उत्रिएको गण्डकीलाई पहिलो र दोस्रो सेट एपिएफले २५–१४ र २५–१४ को समान सेटमा जित्दै दबाव दिए पनि तेस्रो सेट २६–२४ ले विभागिय टोली विरुद्ध गण्डकीले जित निकाल्यो । तर चौथो सेट एपिएफले २५–१३ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यस्तै दोस्रो खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लब विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्न सफल भएको छ । न्यू डायमण्डले २५–१४, २५–१२ र २५–१७ ले जित निकालेको छ ।

प्रतियोगितामा महिलातर्फ चार टिम सहभागि छन् । प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भएको हो ।
तस्विरः योगेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close