खेलकुद परिषद्ले मनायो वार्षिकोत्सव, ६१ वर्षमा प्रवेश

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिक उत्सव मनाईएको छ ।

वार्षिकोत्सवका अवसरमा बोल्दै सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै खेलकुदलाई नयाँ उचाईमा पु¥याउन चुनौती रहेको उल्लेख गरेका छन् । सबै खेलकुद कर्मीहरुलाई शुभकामना दिदैं उनले बार्षिक उत्सवको मूल समारोह केही दिन पछि हुने जानकारी दिए ।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौं १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउदै आएको छ ।

मुल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ । २०२१ भदौं १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो ।

२०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close