प्याराग्लाइडिङमा भारतिय टिमबाट खेल्दै नेपाली खेलाडी अमन बने बिजेता

पोखरा स्पोर्टस । विश्वकै उच्च स्थानमा पहिलो पटक सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा भारतको टिमबाट खेल्दै न्पाली खेलाडी अमन थापा बिजेता बनेका छन् ।

भारत लदाख सक्ति स्थित १४ हजार ४ सय फिटको उचाईमा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडी अमन थापा बिजयी भएका हुुन् । उनले ‘एक्युरेसी’ व्यक्तिगत इभेन्ट तर्फ ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै प्याराग्लाइडिङ खेलको अन्तर्राष्ट्रिय छाता संस्था एफएआईको अवार्ड संगै नगद १ हजार डलर हात पारेको भारतबाट नेपाली राष्ट्रिय प्याराग्लाइडिङ टिमका प्रशिक्षक समेत रहेका बिमल अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

भारतकै टिमको तर्फबाट सहभागि रहेको अमनले एक्युरेसी टिम इभेन्टतर्फ समेत च्याम्पियन बने । टिममा समेत च्याम्यिन बन्दा उनले थप नगद २ सय ५० डलर प्राप्त गर्न सफल रहे । अमनले एन्टी ग्र्याभिटी टोलीबाट प्रतिस्पर्धा गरेका थिए । बिजेता बनेका अमन पोखराकै हुन् । नेपालमा सोलो उडान बन्द भए संगै उनले भारतमा बसेर प्रशिक्षण समेत लिइरहेका छन् ।

द वर्ल्ड हाइएष्ट प्याराग्लाइडिङ एक्यूरेसी कम्पिटिशन’ अन्तर्गत सम्पन्न प्रतियोगितामा नेपाली दुई महिला खेलाडी रिता श्रेष्ठ र विद्या राई सहित पुरुषतर्फ विष्णु प्रसाद गौतम र सुमन जङ्ग थापाले सहभागिता जनाए पनि नतिजा निकाल्न भने सकेनन् । उक्त प्रतियोगितामा विमल अधिकारी र विजय गौतम निर्णायकका रुपमा रहेका थिए ।

प्याराग्लाइडिङ प्रतियोगितामा विश्वका प्रतिस्पर्धीलाई पछि पार्दै आएको नेपालले पछिल्लो समय ‘सोलो’ उडान बन्द हुँदा प्याराग्लाइडिङ खेल क्षेत्र प्रभावित बनेको छ । प्रतियोगितामा बिजेता बनेका अमन समेत भारतमा नै बसेर ऋभ्यास गरिरहेकोले उनले उत्कृष्ट नतिजा निकाल्न सफल रहेको अधिकारीले बताए । उनले भने–“सोलो उडान बन्द हुँदा प्याराग्लाइडिङ खेल प्रभावित बनेको छ । खेलाडीहरु पलायन भएका छन् । प्रतियोगिताहरु रोकिएका छन् । सहाशिक खेलमा आकषर्णको रुपमा रहेको प्याराग्लाइडिङ बन्द हुँदा राज्यले करौडौं राजश्व समेत गुमाएको छ ।”

नवौं राष्ट्रिय खेलकुदमा भएको दुर्घटनाको कारण देखाउँदै बन्द भएको ‘सोलो’ तर्फको प्याराग्लाइडिङ उडान नहुँदा नेपाली टिमले भारतमा समेत पराजय व्यहोर्नु परेको अधिकारीले बताए । “राज्य नेपालको प्याराग्लाइडिङ खेल प्रति गम्भिर बनेन”–उनले थपे–“एक नेपालीले बिदेशी टिमबाट खेलेर पहिलो स्थानमा आउँदा खुसी त अवश्य पनि छौं । तर त्यो जित नेपालको भए आज भारतिय भूमी लदाखमा नेपाली झण्डा फहरिने थियो । जुन अवसर हामीले गुमायौं ।”

नेपाली प्याराग्लाइडिङ खेलाडीहरुले अब राज्यलाईनै दबाब दिने गरी कार्यक्रम अघि सार्ने समेत तयारी गरिरहेको बुझिएको छ । दशौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङको प्रतिस्पर्धा गराउनुपर्ने र सोलो उडान नियमित गर्ने गरी सरकारलाई दबाव दिने उनीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close