एसियन जुनियर बक्सिङमा नेपालबाट चार खेलाडी सहभागी हुँदै

पोखरा स्पोर्टस । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब टंकलाल घिसिङले बिदाई गरे । प्रतियोगिता यहि अगष्ट २७ देखि सेप्टेम्वर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने भएको हो ।

नेपालको तर्फबाट एसियन जुनियर प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १ सय ७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए ।

प्रतियोगितामा जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समुहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिष्पर्धा गर्ने महासंघका महासचिव मान बहमादुर भण्डारीले जानकारी दिए । यस्तै प्रशिक्षकमा रमेश दास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनाली रहेका छन् ।

प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडी सहभागि हुँदै छन् । खेलाडीहरुलाई विदाई गर्दै सदस्य सचिब घिसिङले देशको नाम उचाँे राख्ने गरि प्रदर्शन गर्न शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close