राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन, गण्डकी उपविजेता

पोखरा स्पोर्ट्स । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो ।  ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो ।

आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक-एक गोल भयो । खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताको इमर्जिङ प्लेयर एपिएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए । बेस्ट स्कोरर आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले समान ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–० ले हराएको हो । शंकर घर्तिमगर दुई गोल तथा मिलन तामाङले एक गोल गरे । शंकरले तेस्रो मिनेटमा नै गोल गर्द पुलिसलाई अग्रता दिलाए । ३०औं मिनेटमा मिलनले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पुलिसले तेस्रो गोल ग¥यो । ५७औं मिनेटमा शंकरले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले सहज जित निकाल्यो ।

 

गण्डकीका प्रेम विक प्लेयर अफ म्याच भए । पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार पाए । महिलामा भने आर्मीले जितेको थियो ।

विजेतालाई माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, आयोजक नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close