नेपाल टेबल टेनिस संघको अध्यक्षमा हमाल निर्विरोध चयन

पोखरा स्पोर्टस । अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभामा अध्यक्ष पदमा बृजेन्द्रबहादुर हमाल निर्विरोध चयन भएका छन् ।

संघको शनिबार काठमाण्डौमा सम्पन्न अधिवेशनले हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् ।

त्यसै गरी संघको कार्यसमिति सदस्यमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल चयन भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा सदस्य–सचिव घिसिङले नयाँ कार्यसमितिले ४ वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close