एन्फा बैठकमा भिडावारी परियोजनाको एजेण्डा थप गर्न माग

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)को यहि भदौ ११ गते हुने एन्फा कार्यसमितिको बैठकमा भिडावारी परियोजनाको एजेण्डा थप गर्न माग गरिएको छ ।

एन्फा उपाध्यक्ष बिराट जङ्ग शाही  एन्फा बैठकमा विभिन्न ४ बुँदे एजेण्डा थप गर्न माग गर्दै ति एजेण्डामा भिडाबारी परियोजना समेत थप गर्न भनेका हुन् । नेपाली फुटबलमा ‘ड्रिम प्रोजेक्ट’को रुपमा अघि सारिएको भिडावारी टेक्निकल सेन्टर लामो समय देखि अन्यौलमा रहि रहेकै बेला शाहीले उक्त एजेण्डालाई विशेष रुपमा उठाएका छन् । उपाध्यक्ष शाहीले यस संगै विभिन्न ६ वटा एजेण्डाहरुलाई अघि बढाउन आग्रह गरेका छन् । 

करिव ८५ करोडको लागतमा निर्माण हुने भनिएको भिडावारी टेक्निकल सेन्टर एन्फा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले अघि सारे पनि बर्तमान एन्फा नेतृत्व उक्त परियोजनाको विरुद्धमा रहेको छ । फिफाले परियोजना अघि बढाउन पटक–पटक ताकेता गरे पनि एन्फा अध्यक्ष पकञ्ज विक्रम नेम्वाङले कुनै पहल गरेका छैनन् ।

यस्तै अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष समेत रहेकी पेमा डोमा लामाले एन्फाका महासचिवलाई शुक्रबार पत्र लेख्दै ४ एजेन्डा थप गर्न अनुरोध गरेकी छन् ।

पुरुष तथा महिला खेलाडीहरुको मासिक भत्ता बृद्धि, नेपाली राष्ट्रिय महिला टिमका लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार राशी र मिसन वल्र्ड कप २०२७–२०३१ का विषयमा बैठकमा छलफलका लागि एजेन्डा थप गर्न अनुरोध गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close