
पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा पोखरामा क्लबस्तरीय आमन्त्रण पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।
स्थानिय बडहरबोट आमा समुहको आयोजनामा उक्त प्रतियोगिता यहि भाद्र १८ गते देखि २० गते सम्म बाटुलेचौर खेल मैदानमा आयोजना हुन लागेको हो ।
तिज मेला संगै आयोजना हुन लागेको ह्याण्डबल प्रतियोगितामा विभिन्न ६ वटा क्लबहरुको सहभागिता हुने खेलकुद संयोजक अनिल बस्नेतले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यस अघि बाटुलेचौरको हिमालय क्लबले विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्षबाट भने नेपालमा नै नयाँ अवधारणामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पहिलो पटक फाइभ अन फाइभको अवधारणामा हुने प्रतियोगितामा बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद ५० हजार र उपबिजेता टिमले नगद ३० हजार प्राप्त गर्नेछन् ।

