गण्डकीमा क्रिकेटको तीन दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । गण्डकीमा क्रिकेटको तीन दिने प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तीन दिने प्रशिक्षण/कार्यक्रममा सहभागिहरुलाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले खेलकुदमा व्यवसायिकताका लागि सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए ।

उपाध्यक्ष गुरुङले खेलकुदको विकास संगै व्यवसायिकताको विषय पनि संग–संगै अघि बढेको बताउँदै भने–“यत िबेला नेपाली क्रिकेटको क्रेज बढ्दै गएको छ । बढ्दो क्रेज संगै व्यवसायिक बनाउन सके यसले खेलकुदमा उत्कृष्ट प्रतिफल दिनेछ ।”

गण्डकी प्रदेश सरकारले क्रिकेटको विकासका लागि खेल मैदानहरुको निर्माण संगै विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै उपाध्यक्ष गुरुङले यस प्रकारका प्रशिक्षण कार्यक्रमले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए । उनले अवको सम्पूर्ण ध्यान दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुनुपर्ने उल्लेख गर्दै आफूले सिकेको शिपलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाली क्रिकेट टिमका टिम म्यानेजर तथा प्रशिक्षणका सहजकर्ता बिनोद दाशले क्रिकेट खेलको शिद्धान्तलाई व्यवहारमा लागु गर्न र सिकेको शिपलाई उर्जावान खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताउँदै क्यानले सातै प्रदेशमा यस प्रकारको अभियानलाई अघि बढाएको जानकारी दिए ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष देवन्सन प्रजु, प्रशिक्षार्थी द्वय पवन भुर्तेल र प्रतिक्षा श्रेष्ठ, संघका कोषाध्यक्ष दिवाकार थापा लगायतले आफ्ना भनाई राख्दै प्रशिक्षण कार्यक्रम खेलाडी उत्पादनमा महत्वपूर्ण रहेको र यसले योजनावद्ध रुपमा क्रिकेट खेलको विकासमा भूमिका खेल्ने बताए ।

नेपाल क्रिकेट संघ (क्यान)ले सातै प्रदेशमा ग्रासरुटबाट खेलाडी उत्पादन गर्न प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको अभियान सुरु गरेको छ । अभियान अन्तर्गत सातै प्रदेशमा १२५ जना लेभल–१ प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

अभियान अन्तर्गत गण्डकी प्रदेशका ६ जिल्लाका १२ जना प्रशिक्षक र प्रदेशका ५ जना गरी १७ जना लाई प्रशिक्षण दिइएको अध्यक्ष सिग्देलले जानकारी दिए । प्रशिक्षणमा तीन जना महिला प्रशिक्षकहरुको समेत सहभागिता थियो । उनीहरुलाई दास संगै क्रिकेटका प्रशिक्षक महेश प्रसाद रिजालले समेत प्रशिक्षण दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close