काभा उमेन्स नेसन्स लिग भलिबल उपाधिबाट चुक्यो नेपाल, भारत संग पराजित

पोखरा स्पोर्टस । घरेलु टोली नेपाल ‘काभा उमेन्स नेसन्स लिग भलिबल’को उपाधि जित्नबाट चुकेको छ ।

काठमाण्डौमा सम्पन्न नेपाल पाहुना टोली भारत संग ३–२ को सेटमा पराजित हुँदा नेपाल उपाधि बाट चुकेको हो । दक्षिण एसियाको पावर हाउस मानिएको भारत विरुद्ध पहिलो सेट २५–२३ ले जित निकाले पनि दोस्रो सेटमा लय गुमाउँदा १४–२५ ले भारतलाई सुम्पिन पुग्यो ।

तर खेलको तेस्रो सेटमा पुनः खेलमा फकिंदै नेपालले २५–२२ ले आफ्नो पक्षमा पार्यो तर सेटमा नेपालले अग्रता जोगाउन सकेन । चौथो सेट २५–२१ ले भारतले जित्दा पाँचौ सेट भने नेपालले झनै खराब प्रदर्शन गर्न पुग्यो ।

पाँचौ सेटमा खेलमा फर्किने आश गरेका नेपाली दर्शकहरुलाई निराश पार्दै १५–५ ले नेपालले खेल गुमाउँदै उपविजेतामा चित्त बुझायो । यो जित संगै भारतले आफ्नो उपाधिको रक्षा समेत गरेको छ ।

जारी प्रतियोगितामा इरानले तेस्रो स्थान हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close