हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

पोखरा स्पोर्टस । थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप २०२४मा नेपालले २ रजत र २ कास्य पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा नेपाली खेलाडी खेलाडी मेग्मा गुरुङले रजत पदक जितेकी छन् भने राजेन्द्र तामाङ, ईमा थापा र चन्द्र बहादुर बोहराले काश्य पदक जितेका छन् ।

प्रतियोगितामा महिला ३८ केजी तौल मुनी स्वर्ण पदकको स्पर्धामा मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन् ।

त्यस्तै पुरुषतर्फ राजेन्द्र तामाङले ६८ केजी तौल मुनी सम्पन्न सेमिफाईनलमा लाओसका खेलाडी संग र महिलातर्फ ईमा थापा ४७ केजी मुनीको तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे ।

यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका छन् । च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close