काभा उमेन्स भलिबल नेसन्स लिग : नेपालको बिजयी सुरुवात

पोखरा स्पोर्टस । काठमाण्डौमा सुरु भएको काभा उमेन्स भलिबल नेसन्स लिगमा नेपाली टिमले बिजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बिजयी सुरुवात गरेको हो । श्रीलंका विरुद्धको खेलमा नेपालले ३–० को सोझो सेटमा पराजित गरेको छ ।

लिग चरण अन्तर्गत भएको पहिलो खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो भने दोस्रो सेट २५–१८ र तेस्रो सेट २५– १९ ले जित्न सफल भयो । तेस्रो सेटमा भने १४–९ ले पछि परे पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्न सफल रह्यो ।

प्रतियोगिता २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ५ राष्ट्र सहभागी छन् । नेपालसहित प्रतियोगितामा भारत, इरान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close