काभा यू–२० महिला भलिबल : नेपाल तेस्रो

पोखरा स्पोर्टस । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान प्राप्त गरेको छ ।

आइतबार सम्पन्न खेलमा आयोजक मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । पहिलो सेट २५–१५ ले जित निकालेको नेपालले दोस्रो सेट २५–१० र तेस्रो सेट २५– १४ ले जित्दै तेस्रो स्थान प्राप्त गरेको छ ।

नेपाली टोलीमा सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री रहेका थिए ।

यसै गरी टिमको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन रहेका थिए ।

पहिलो पटक आयोजना भएको उमेर समुहको उक्त प्रतियोगितामा नेपाल सहित मालदिभ्स, श्रीलंका र किर्गिस्तान गरी चार देशको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close