युएईका राजदुत क्षेत्रीले गरे तेक्वान्दो टोलीको बिदाई

पोखरा स्पोर्टस । मित्र राष्ट्र दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन् ।

आबुधाबी स्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले सोमबार ७ गते युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई बिदाइ गरेका हुन् ।

खेलाडीहरु लगाएत युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुतले सफलताको शुभकामना दिए । उनले बिदाईका क्रममा खेलाडिहरुको हौसला बढाउदै भने-“रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर विदेश आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुशी लाग्नुका साथै बिभिन्न देशहरुमा आफ्नो सहभागिता जनाउदै खेलको माध्यम बाट नेपालको नाम विश्व सामु चिनाउन मद्दत गर्ने कुरामा बिश्वस्त छौ ।’’

कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखी ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडिहरुले गरेको तयारीको बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदुतलाई जानकारी गराएका थिए । प्रशिक्षक नाम्होले नेपाली खेलाडिहरु एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाएमा उनिहरुलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका थिए ।

युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेको नेपाली टोली आज मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपाली टिममा खेलाडिहरु सबिन पाण्डे, हरी कृष्ण विष्ट र शान्ति भण्डारीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक अधिकारीले जानकारी गराए । त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गईसकेका छन् ।

बिगत लामो समय देखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिदै आएका खेलाडी सबिन पाण्डे आफ्नै ब्यबसाय गर्छन् भने अर्का खेलाडी हरी कृष्ण विष्ट आबुधाबी स्थित एक प्यालेसमा काम गर्छन् । त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारीले मध्य पुर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबल–डेकर बस चालकको रुपमा आफ्नो परिचय स्थापित गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close