
सुरज श्रेष्ठ/पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ५२ दिन मात्र बाँकी छ । ३६ खेल समावेश हुने गरि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तालुक संघ र सो संग संबन्धितहरुलाई चटारो छ ।
आइतबार पोखरा रंगशालामा माननीय युवा तथा खलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले नवौ राष्ट्रिय खेलकुद २०७९ कार्यकारी समिति सचिवालयको संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री गहतराजले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकार र स्थानिय सरकारले आर्थिक व्यवस्थापनको विषयमा चिन्ता लिन नपर्ने बताए ।
“केन्द्र सरकारको मुख्य जिम्मेवारी भए पनि जहाँ खेल हुन्छ त्यही क्षेत्रले सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपुर्ण भुमिका भएकोले गण्डकी प्रदेश र पोखरा महानगरपालिका नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन लाग्नु पर्छ ।”उनले भने ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालामा स्थापना भएको सचिवालयबाट सम्पुर्ण गतिविधि हुने भएकोले मन्त्री गहतराजले हरेकदिन आउने सकारात्मक सुझावलाई आत्मासाथ गर्दे त्यसको कार्यान्यनको लागि केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारलाई आवश्यक जानकारी र सुचित गराउन संघ र मातहतका कर्मचारीलाइ निर्देशन समेत दिएका छन् ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मिडियाको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री नेपाली
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को आयोजक प्रदेश भएकोले यसलाई कुनै पनि हालतमा सफल बनाउने दायित्व हामी प्रदेशबासीको हो । यसमा गण्डकी प्रदेश सरकारले जिम्मेवारी पूर्वक काम गरिरहेको आइतबार सचिवालय उद्धघाटन कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
उनले गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको राष्ट्रिय प्रतियोगितामा मिडियाको भुमिका महत्वपूर्ण भएको जानकारी दिदै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको देश विदेशमा धेरै भन्दा धेरै प्रचारप्रसार गरि सहयोग गरिदिन मिडियालाई आग्रह गरेका छन ।
पोखरा महानगरपालिका ‘लोकल होस्ट’ हो : प्रमुख आर्चाय
पोखरा महानगर पालिकाका मेयर धनराज आर्चायले असोज २८ गते देखि कार्तिक ३ गते सम्म आयोजना हुन गईरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को पोखरा महानगर पालिका लोकल होस्ट भएकोले प्रतियोगिता सफल बनाउन कटिबद्ध भएर लाग्ने बताएका छन ।
पोखरालाई विभिन्न क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने लक्ष्य समेत राखेको समय राष्ट्रिय एकताको प्रतिक खेलकुदको कुम्भ मेला हाम्रै शहरमा आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन ।
कार्यक्रममा मेयर आर्चायले पोखरालाई पर्यटक शहरको रुपमा स्थापित गराउन नेपाल सरकारलाई औपचारिक पत्राचार समेत भई सकेको अवस्थामा त्यसलाई थप टेवा पुग्ने गरि आफ्नो शहरमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा आएका पाहुनालाई राम्रो आतिथ्यता दिने उनको भनाई थियो ।
सो अवसरमा प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
