कास्की जिल्ला ह्याण्डबल संघको अध्यक्षमा थापा

पोखरा स्पोर्टस । कास्की जिल्ला ह्याण्डबल संघको अध्यक्षमा चित्र बहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

पोखरामा बुधबार सम्पन्न संघको अधिवेशनले थापासहितको कार्यसमिति आगामी चार वर्षका लागि निर्वाचित गरेको हो । संघको उपाध्यक्षद्वयमा बालकुमारी गुरुङ र टेक बहादुर गुरुङ, सचिवमा कृष्ण प्रसाद लम्साल, कोषाध्यक्षमा पदम बहादुर नेपाली, उपसचिवमा दिनेश श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।

त्यसै गरी कार्यसमिति सदस्यमा विशाल नेपाली, गोपाल थापा, चन्द्र केसी, राम बहादुर गुरुङ, रणा बहादुर कार्की, गम बहादुर भुजेलसर्वसम्मत निर्वाचित भएको कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य विग्नेश थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

निर्वाचित कार्यसमितिलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले ह्याण्डबल खेलाडीको मुल थलोको रुपमा रहेको कास्कीको ह्याण्डबल विकासमा गति दिन सबै संग सहकार्य गर्न आग्रह गरे ।

तदर्थ समितिका संयोजक क्या. जग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामाले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close