एक टिम भएर अगाडि बढ्न तयार– खेलकुद मन्त्री चौधरी

पोखरा स्पोर्टस । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् ।

‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालसंग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’ मन्त्री चौधरीले भने– ‘खेलकुदलाई विकासको बाटोमा डोह्याउन सरोकारवालासंग एक टिम भएर अगाडि बढ्न तयार छु ।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको बताए ।

मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यन्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउदै आफ्नो कार्यकालको अन्तिम दिन (यहि साउन १४ गते) सम्ममा मन्त्रीज्यूसंग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई गहि¥याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यहरु संक्षिप्तमा जानकारी गराउने क्रममा पहिलोपटक खेलकुद विमा लेख जारी गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताए ।

त्यसै गरी उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको, कुन समुदायको कुन भुगोलको वच्चा कुन खेलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा मसिनो ढंगले अध्ययन गरी नेपाली खेलकुदकै इतिहासमा पहिलोपटक सातै प्रदेशमा एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको, पेरिस ओलम्पिकसंगै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको, राखेपको इतिहासमै पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसंगको सहकार्यमा लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने क्रममा ठूलो संख्यामा ३ सय ४२ कर्मचारीको बढुवा गरिएको सदस्य सचिबले जानकारी दिए ।

उनले एसियाली खेलकुद सकिए लगत्तै अर्को संस्करणका लागि तयारी थाल्ने क्रममा एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित वैज्ञानिक र लामो तयारीको विशेष प्रशिक्षण गर्न विभिन्न १० खेलका १ सय २ खेलाडी समावेश गरी मिसन २०२६ को सुरुआत गरिएको, आर्थिक विनियमावली, कर्मचारी सेवा शर्त विनियमावली र ओ एन्ड एम सर्भे तयारी अवस्थामा रहेकोमा बोर्ड बैठकबाट मात्र पारित हुन बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close