किसुनजी स्मृती म्याराथन चैत्रमा हुने

पोखरा स्पोर्टस । नेपाल लोकतान्त्रीक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत्र १९ गते हुने भएको छ ।

नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतीमा संघले दोश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो । देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाईचारा र आपसी सहयोगको सम्वन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई ब्यावसायिकरण गर्ने प्रतियोगिताको उद्धेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका बिजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयी खेलाडीहरुले नगद ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशीलाई दोब्बर बनाईएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङ्गले जानकारी गराए ।

यसका साथै खेलकुदका साथै खेलकुलमा जीवन ब्यतित गर्ने, खेलकोे बिकास र विस्तारमा योगदान पु¥याउनेहरुलाई पनि सम्मान गर्ने उद्धेश्यले खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएका छन् ।

नेपाली काँग्रेसका नेताहरुको नाममा खेलकुद आयोजना गर्दै खेलकुद र राजनीतिलाई जोड्ने नीति अनुरुप नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रीक खेलकुद संघले खेललाई अग्रस्थानमा राख्दै विभिन्न प्रतियोगिताका साथै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दै आईरहेको अध्यक्ष गुरुङ्गले जानकारी गराए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल एथलेटिक्स संघका सचिव एवं प्राविधिक आर.के. बिष्टले प्रतियोगितालाई निरन्तरतामा मात्र दिनु नभई हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्नुले छोटो दुरीका खेलाडीहरुले प्रोत्साहान प्राप्त गर्ने महत्वपूण रहेको बताए । उनले यस प्रतियोगितालाई संघको स्विकृती प्रदान हुने र आगामी दिनमा संघको क्यालेन्डरमानै समावेश गराउने तर्फ पहल हुने बताए ।

प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट रहेको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०७७ चैत्र महिनामा नै आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close