टेनिसका दर्शिल र शास्वत ‘एटिएफ यू–१६’ को छनौटमा

पोखरा स्पोर्टस । नेपाली टेनिस उमेर समुह (यू–१६)का खेलाडी द्वय दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्य एसियन टेनिस फेडेरेशनको आयोजनामा हुने छनौट खेल खेल्ने भएका छन् । जापानमा आगामी अक्टोबरमा हुने उमेर समुहको टेनिस प्रतियोगिताका लागि उनीहरु छनौट खेलमा सहभागि हुन लागेका हुन् ।

चिनको हेनान प्रान्तमा आगामी अगस्त १२ (साउन २८) गतेबाट छनौट खेल सुरु हुनेछ । क्ले कोर्टमा आयोजना हुने छनौट खेलमा आयोजक चिनसहित पूवी एसिया, दक्षिण पुूर्व र दक्षिण एसियाली मुलुकका खेलाडीहरुको सहभागिता रहने छ ।

एसियन टेनिस फेडेरेशनले नेपाली वरियाता क्रमको आधारमा दर्शिल र शास्वतलाई छनौट गरेको एक पत्रमार्फत जानकारी दिएको छ ।

पोखराका दर्शिल र शाश्वत दुबै जना नेपाली उमेर समुह (यू–१६)का बरियता खेलाडीहरु हुन् । दर्शिल नं १ मा छन् भने शास्वत नं २ वरियता रहेको कास्की टेनिसका सचिब नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

जापानमा आयोजना हुने एसियाली उमेर समुहका विजेताहरु आगामी वर्ष २०२५ मा हुने जुनियर फ्रेन्च ओपनमा वाइल्ड कार्डमार्फत सहभागिता जनाउन पाउनेछन् ।

दुबै खेलाडीहरु चिनमा हुने छनौट खेलमा सहभागि हुन लागेका खेलाडीहरुले उत्साहित हुँदै यो अवसरका लागि एटिएफ प्रति आभार व्यक्त गरेका छन् । उनीहरुले आफ्नो यात्राका लागि सहयोग गरिदिन राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेश सरकार संग आग्रह गरेका छन् । उनीहरुले भनेका छन्–“कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुनु अवसर संगै महत्वपूर्ण विषय हो । तर ठूलो खर्च छ । यसकारण पनि हामीलाई सहयोगी हातहरुको खाँचो छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close