
पोखरा स्पोर्टस । भारतको नयाँ दिल्लीमा संचालन भैरहेको आइविए ओमेन्स् वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा नेपालकी अन्जली टेलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।
यो जित संगै नेपाल अब विश्व च्यामपियनसिप पदकको लागि एक जित मात्र टाढा रहेको हो । खेलको पहिलो राउण्ड ५ जना जज्हरुले अन्जलीलाई जिताएको थियो भने दोश्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तीम राउण्डमा मारिया माथी हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
अब अन्जलीले मार्च २२ तारिखमा बेलारुसका खेलाडी युलिया अपना सोमिच सँग प्रतिस्पर्धा गर्नेछिन् । आजै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।
यस अघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगीजबाट बाहिर भईन् । संगिता सुनार ६० के.जी. तौल समूहमा अस्ट्रेलियाका खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेको थियो ।
७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले हार व्यहोरेको थियो । त्यस्तै मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भनेजेलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित व्यहोरेका थिए ।
