गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगितामा आभान र कृष्णा बिजयी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष स्क्वास प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ कास्कीका आभान श्रेष्ठले स्वर्ण पदक जितेका छन् भने उपविजेता नवलपुरका काशीराम भण्डारी उपबिजेता बन्दै रजत पदक जिते । त्यसै गरी कास्कीका राजु श्रेष्ठ र नवराज श्रेष्ठले काश्य पदक हात पारे ।

यता महिलातर्फ गोरखाकी कृष्णा थापाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामा समिक्षा ठकुरीले रजत पदक जित्दा सृष्टिका उदास र निस्ता श्रेष्ठले काश्य पदक जिते ।

पदक संगै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले जनही नगद रु ५, ३ र २ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, गण्डकी प्रदेश निती तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.श्रीकान्त खतिवडा, जिल्ला स्क्वास संघका अध्यक्ष प्रविन पालिखे, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जित, महसचिब कमल बहादुर बस्नतेलगायतले मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी २० जना खेलाडीहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनौट प्रतियोगिता समेत रहेको अध्यक्ष रञ्जितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close