
पोखरा स्पोर्टस । ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत पोखरामा बक्सिङ प्रशिक्षकहरुलाई ‘लेभल–१’ कोर्ष प्रदान गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बक्सिङ संघको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सात दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै परिषदका सदस्य पाठकले आफूले सिकेको शिपको सहि सदुपयोग गर्दै खेलाडी उत्पादनमा अघि बढ्न आग्रह गरे । पछिल्लो समयमा बक्सिङले समेत शुखद नतिजा दिन थालेको प्रति खुसी व्यक्त गर्दै दशौं खेलकुद प्रतियोगितामा जुट्नपर्ने उनको भनाई थियो ।
सो अवसरमा परिषदका सदस्य पाठकले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा गण्डकी प्रदेश बक्सिङ संघका अध्यक्ष एवं सिनियर बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीले परिषदले प्रशिक्षक उत्पादनका लागि गरेको सहयोग प्रति आभार व्यक्त गर्दै प्रशिक्षकहरुलाई विद्यालयस्तरबाटै यूवा खेलाडी उत्पादनका लागि आफ्नो कृयाशिलता गर्न आग्रश गरे ।
प्रशिक्षणमा विभिन्न जिल्लाका १४ जना बक्सिङ प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
