प्रदेशस्तरीय स्क्वास प्रतियोगिता पोखरामा सुरु

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष स्क्वास प्रतियोगिता पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरे । सो अवसरमा उपाध्यक्ष गुरुङले परिषदले गण्डकीमा खेलकुद विकासका लागि निरन्तर प्रयासरत रहेको जनाउँदै पछिल्लो समय यूवाहरुको आकषर्णको रुपमा रहेको स्क्वास खेलको विकासका लागि समेत सहकार्य गरेर अघि बढ्ने बताए ।

गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जितको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव कमल बस्नेतले समेत आफ्ना भनाई राखेका थिए ।

राउण्ड रोविनको आधार सञ्चालन भएको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको अध्यक्ष रञ्जितले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भोली दोस्रो चरण संगै फाइनल खेल सञ्चालन हुनेछन् । दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनौट रहेको प्रतियोगितामा महिला तथा पुरुष गरी २० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close