राष्ट्रिय पुरुष हक्कीमा विभागिय टोली आर्मी र पुलिस उपाधि नजिक

पोखरा स्पोर्टस । पोखरामा जारी ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा दुई विभागिय टोली नेपाल आर्मी क्लव र नेपाल पुलिस उपाधि नजिक पुगेका छन् ।

पोखरा रंगशालामा सम्पन्न सेमीफाइनलमा दुई विभागिय टोली अपराजित रहँदै उपाधि नजिक पुगेका हुन् । बुधबार विहान सम्पन्न सेमीफाइनलमा नेपाल पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ४–१ गोलले पराजित गर्दै उपाधि नजिक पुग्दा नेपाल आर्मी क्लवले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै नेपाल पुलिस संग भिडन्त पक्का गरेको हो ।

बुधबार नै तेस्रँो स्थानका लागि समेत प्रतिस्पर्धा हुने नेपाल हक्की संघकी महासचिब सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । तेस्रो स्थानका लागि कर्णाली प्रदेश र घरेलु टनेलीका बीच हुनेछ ।

समापन कार्यक्रम बुधबार (आज) नै हुने गरी तय भएको आयोजकले जानएको छ ।

समापन कार्यक्रम गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close