पोखरामा सात विभिन्न मार्शल आर्ट खेलको प्रशिक्षक/प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । पोखरामा विभिन्न सात मार्शल आर्ट खेलको प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुदका लागि लक्षित गर्दै प्रशिक्षक÷प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण अन्तर्गत उशु, जुडो, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, कराते र बक्सिङ गरी साता छुट्टा–छुट्टै खेलका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न सबै खेलका सिनियर प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने परिषदले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा हरेक खेलका ३० गरी २ सय १० जनाको सहभागिता रहेको छ । उनीहरुलाई छुट्टा–छुट्टै स्थानमा छुट्टा–छुट्टै सबै खेलका सिनियर प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई खेल विज्ञान, खेल स्वास्थ्य, आ–आफ्ना खेलका नयाँ शिप र ज्ञान सम्वन्धि प्रशिक्षण दिइने छ ।

प्रशिक्षकहरुलाई खेल विज्ञ शुसिल नरसिंह राणाले समेत प्रशिक्षण दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close