
पोखरा स्पोर्टस । नेपाल केन्पो खुकुरी मार्शल आर्टश संघ गण्डकी प्रदेश कमिटिको वैठक विभिन्न निर्णयहरु गरी सम्पन्न भएको छ ।
संघको पोखरामा शनिवार सम्पन्न बैठकले सल्लाहाकारहरु चयन गरेको जनाएको हो । बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ (पोखरा), सुधिर कुमार पौडेल (अध्यक्ष आधिखोला गाउपालिका स्याङ्जा), नबराज ओझा (अध्यक्ष रुपा गाउपालिका कास्की), शिब पौडेल (वडा अध्यक्ष कुस्मा नगरपालिका ११ पर्बत ), बिमल लामिछाने (प्रवक्ता, मोदि गाउँ पालिका पर्बत) र ऋषि गौतम (कार्यकारी सदस्य गण्डकी प्रदेश खेलकुद परिषद) लाई मनोनयन गरेको गण्डकी प्रदेश अध्यक्ष विष्णु पुनले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।
वैठकले गण्डकी प्रदेश कमिटिमा सदस्य पदमा अन्नपूर्ण ७ कास्कीका बिष्णु चापागाई र महिला उपसमिति संयोजकमा बिष्णु पोखरेल लाई मनोनयन गरेको छ भने स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी जिल्ला कार्यसमितिलाई अनुमोदन समेत गरेको छ ।
त्यसै गरी वैठकले काठमाडौमा असोज ८ र ९ गते आयोजना हुने ‘नेपाल केन्पो खुकुरी मार्शल आर्टस च्याम्पियनशिप २०७८’ लाई भब्य रुपमा सम्पन्न गराउन सघका महासचिव सन्दिप कोइरालाको सयोजकत्वमा सहयोग समिति गठन गरेको छ । जसको सदस्यमा सदस्य शिब पौडेल, दिपेन्द्र पौडेल, युनिक थापा, पुर्ण गुरुङ रहेका छन ।
सम्पन्न वैठकले नेपाल केन्पो खुकुरी मार्शल आर्टश संघलाई गण्डकी प्रदेशमा विस्तार तथा व्यवस्थापन गर्ने योजना अनुरुप विभिन्न जिल्ला हरुमा इन्चार्ज समेत तोकेको छ । जस अनुसार खेम गुरुङ (कास्कीं), दिपेन्द्र पौडेल (स्याङ्जा), दिनेश केसी (म्याग्दी), तारा शर्मा (बाग्लुङ), गोबिन्द प्रसाद भुसाल (पर्बत), हरिराज जोशी (तनहुँ), नबलपुर, मनाङ, मुस्ताङ, गोर्खा र लमजुङ हेर्ने गरी सन्दिप कोइरालालाई जिम्मेवारी दिएको छ ।
