यू–१५ विद्यालय खेलकुद : बास्केटवलमा बागमतीलाई २ स्वर्ण, गण्डकीलाई २ रजत

पोखरा स्पोर्टस । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल प्रतियोगितामा बागमती प्रदेशले २ वटा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का बिरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो ।

बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनु भयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गरे । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसंग ४–७ स्कोरले पछि पर्दा दोश्रो क्वाटरमा बागमतीले १६–१२ को स्कोरले अग्रता लियो । तेश्रो क्वाटरमा बागमतीले ५–१० को स्कोरले पछि गर्दा चौथो क्वाटरमा भने बागमती प्रदेशले २ का बिरुद्ध १४ स्कोर गर्न सफल भएको हो ।

छात्र तर्फ तेश्रो स्थानको लागि आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १७ का बिरुद्ध ३६ स्कोरले पराजित गर्दै तेश्रो भएको हो ।

त्यसै गरी छात्रा तर्फ आज भएको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ८ का बिरुद्ध १३ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा जरा महर्जनले ८ स्कोरको योगदान दिए । छात्रा तर्फ कर्णाली प्रदेशले तेश्रो स्थान हासिल गरेको छ । तेश्रो स्थानको लागि भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १७ का बिरुद्ध २० स्कोरले पराजित गरेको हो ।

पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा केही खेलहरु भएको रेफ्रि संयोजक सुनिल लामाले बताए उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद, गण्डकीका उपाध्यक्ष एवं संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका उपाध्यक्ष किरण सापकोटा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, सशस्त्र प्रहरी वलका बरिष्ठ उपरिक्षक (एसएसपी) कृष्णराज पाठक, परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङ लगायतले पुरस्कार वितरणगरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close