एक साताका लागि खेलकुद गतिविधी ठप्प–राखेप

पोखरा, विश्वव्यापी रुपमा फौलिएको कोरोना भाईरस (कोभिड–१९) अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक साताका लागि कुनै पनि खेलकुद गतिविधी नर्गने घोषणा गरेको छ ।

कोरोनाका लागि उच्च सर्तकता अपनाउँदै र जोखिम बाट बच्न भन्दै राखेपले खेलकुद संग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिबिधी तत्काललाइ एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने राखेपले जनाएको छ ।

यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेल संग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close