
पोखरा स्पोर्टस । पोखरा रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ ।

रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् । यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।
बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए ।
टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । भने, गण्डकी, कोशी र लुम्बिनीले २/२ कास्य पदक पाएका थिए ।
