गण्डकी प्रदेशस्तरीय फेन्सिङ प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय फेन्सिङ प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फेन्सिङ संघको ब्यवस्थापनमा उक्त प्रतियोगिता शनिबार पोखरा रंगशालामा सम्पन्न भएको हो ।

सम्पन्न प्रतियोगिता अन्तर्गत मेन्स इपीतर्फ प्रशान्त गुरुङले स्वर्ण पदक जितेका छन् । नवराज जङ्ग कार्कीले रजत पदक जित्दा सचिन खत्री र यूवराज नेपालीले काश्य पदक जिते ।

त्यस्ते ओमेन्स इपीतर्फको स्पर्धामा कृपा गुरुङले स्वर्ण पदक जितेकी छन् । सोही इभेन्टमा निश्चल मगरले रजत पदक जित्दा विनिता मगर र निती खाँडले काश्य पदक जिते ।

मेन्स फोयलतर्फ सुवाश गौचनले स्वर्ण, समिर गुरुङले रजत, मनिष नेपाली र अंकित पोखरेलले काश्य पदक जिते भने त्यस्तै महिला फोयलतर्फ रिस्ता बास्तोलालाई फाइनलमा पराजित गर्दै शभ तामाङले स्वर्ण पदक जितेकी छन् । सोही स्पर्धामा अपेक्षा पौडेलले काश्य पदक जितेकी छन् । 

त्यस्तै पुरुष सेवरतर्फको खेलमा मनिष श्रेष्ठले अनिश श्रेष्ठलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जिते भने समिर सुनार र युवराज मल्ल काश्य पदक हात पारे । त्यस्तै महिलातर्फ आयुषा पोखरेलले स्वर्ण पदक जितेकी छन् । सुविना मगरले रजत पदक जितिन् भने रिकिशा कंडेल र रोजित कंडेलले काश्य पदक प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, गण्डकी फेन्सिङ संघका अध्यक्ष विजय शाही, संघका केन्द्रिय कोषाध्यक्ष अनुप कपाली, संघकी केन्द्रिय सदस्य ऐलिजा अधिकारी, संघ गण्डकीका सदस्य महेश पौडेल, शिव शर्मा, जिल्ला अध्यक्ष अमृत पोखरेल, संघ गण्डकीका कोषाध्यक्ष प्रदिप छिन्दाललगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि २४ जना खेलाडीहरु छनौट भएको केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close