भारतिय कुश्ती र कव्वडी टोली पोखरामा प्रशिक्षण गर्दै, पूर्वाधार नहुँदा समस्या

पोखरा, पोखरा प्राकृतिक र पर्यटकिय शहरका कारण मात्रै अब परिचित छैन पोखरामा भारत लगाएत अन्य राष्ट्रका खेलाडीका लागि प्रशिक्षणको केन्द्र बन्दै गएको छ ।

पोखराको मौसम र यहाँको स्वच्छ वातावरणमा नेपालका मात्रै नभई अन्य विदेशी खेलाडीहरु पनि यहाँ आएर प्रशिक्षण गर्न रमाउन थालेका छन । यसै क्रममा मित्र राष्ट्र भारतको कुश्ती र कब्बडीको ५० जनाको टोली पोखरामा प्रशिक्षणका लागि आएको छ ।

हुन त कुश्तीका लागि पोखरामा खासै त्यस्तो पूर्वाधारको व्यवस्था छैन । पोखरालाई खेलकुद राजधानी शहर बनाउने घोषणा पनि भाषणमा मात्रै सिमित छ । तर पूर्वाधार नभएको अवस्थामा पनि बिदेशी खेलाडी र प्रशिक्षकहरु भ्रमणका लागि मात्रै नभई यहाँको वातावरणमा प्रशिक्षणका लागि आउने क्रम भने जारी नै छ ।

पोखरामा सबै खेलका अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण खेल पूर्वाधार हुने हो भने खेल पर्यटनका माध्यम बाट पर्यटकहरुको बसाई लम्व्याउन सकिन्छ भन्ने कुरा टेनिस र क्रिकेट खेलले पनि प्रष्ट पारेको छ । अर्को तर्फ इण्डो नेपाल प्रतिष्पर्धा भन्दै धेरै मैत्रीपूर्ण खेलहरु पनि हुने गरेका छन । तर ति खेलहरू भने आधिकारिक रुपमा हुने गरेका छैनन ।

भारतिय २५ सदस्यिय कुश्ती टोली पोखरा त आयो तर पोखरामा पूर्वाधार नभएका पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्रशिक्षण ग¥यो । यदि पोखरामा कुश्तीको पूर्वाधार हुन्थ्यो भने धेरै कुश्ती खेलाडीहरु पोखरा आउने बताउँछन कुश्ती टोलीका टिम प्रशिक्षक वाजिर शर्मा .। उनले कुनै पनि खेलकुदका लागि पोखराको हावापनी निकै सुहाउँदो भएको बताए । ‘पोखराको प्रकृतीले खेलकूदका लागि निकै सुहाउँदो रहेछ त्यसैले पनि हामी पोखरा आएका हौं ।’

पोखरामा पहिला पनि आउने गरेको बताउँदै प्रशिक्षक शर्माले पोखरामा प्रशिक्षण गर्दा खेलाडीको ‘स्टामिना’ समेत बढ्ने बताउँदै यहाँ कुश्ती र कव्वडी खेलको प्रचार प्रसार गर्ने उद्धेश्य समेत रहेको बताउँछन । ‘हामी नेपाली र भारतिय खेलाडी विच धेरै मैत्रीपूर्ण खेलहरु आयोजना गर्न चाहन्छौ जसरी भारतमा यि खेलको निकै राम्रो प्रभाव छ त्यो यहाँ पनि होस’ उनले थपे–‘भविष्यमा हामीले धेरै मैत्रीपूर्ण खेलहरु संगै खेलको बिकास र खेलाडी उत्पादन गर्न सक्छौं ।’

पोखराको खेल संस्कृती निकै राम्रो लागेको बताउँदै यहाँका मनिसहरु निकै खेलप्रेमी लागेको प्रशिक्षक शर्मा आफ्नो अनुभव सुनाउछन । ‘यहाँको प्रकृती जति सुन्दर छ यहाँका मनिसहरुको मिलनसार स्वाभावले हामीलाई यहाँ आउन मन लागिरहेको छ ।’

हुनत भारतिय मात्रै होइनन अन्य विदेशी खेलाडीहरु पनि पोखरा भने पछि हुरुक्कै हुन्छन । तर अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष गरि खेलका लागि पोखरा ३६५ दिन नै सुहाउँदो छ भन्ने व्यापक प्रचार प्रसारको खाँचो छ । अब पर्यटन हिमाल र प्रकृती संग मात्रै गाँसिएको छैन खेल बाट पनि हजारौ पर्यटक भित्रायाउन सकिन्छ भन्ने कुरा शाहसिक खेलकुद प्याराग्लाइडिङ जस्तै अन्य खेलले पनि हुन सक्छ ।
(पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्रशिक्षण गर्दै कुश्ती र कब्बडीका खेलाडी)
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close