
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा चौथो गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि तनहुँमा हुने भएको छ ।
गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको व्यवस्थापनमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ७ जिल्लाका २ सय ५२ खेलाडीको सहभागिता रहने छन् ।
उक्त प्रतियोगताको पुरुष÷महिलामा एकल/ग्रुप स्पाइरिङ र प्याटर्नमा गरी कूल ४० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरु तनहुँको भीमाद नगरपालिका ६ स्थित भीमाद बजारमा सञ्चालन हुने आयोजक विशाल बुढा मगरले जनाएका छन् ।
