राष्ट्रिय खेलकुद क्यालेण्डर : एक वर्षमा १ सय २२ कार्यक्रम, अटाएन ह्याण्डबल

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विभिन्न ३५ खेल संघका १२२ वटा कार्यक्रम सार्वजनिक गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको र १९ औं एसियाली खेलकुदमा समेत सहभागिता जनाइसकेको ह्याण्डबल खेललाई बाहिर राखेको छ । तर राखेपले आगामी ५० वर्ष सम्म करौडौं रकम खर्च गरेर मेहनत गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पदक हात पार्न नसक्ने खेललाई राखेपले वार्षिक क्यालेण्डरमा महत्वका साथ राखेको छ । सोही वार्षिक क्यालेण्डरलाई महत्व दिंदै मन्त्री श्रेष्ठ सार्वजनिक गरेका छन् ।

यूवा तथा खेलकुद मन्त्री एवं राखेपका अध्यक्ष विराजभक्त श्रेष्ठले वार्षिक क्यालेण्डर घोषणा गरेका हुन् । राखेपले ३५ वटा विभिन्न खेलकुदका १२२ वटा खेलकुद कार्यक्रमहरु सार्वजनिक गरे पनि ह्याण्डबल खेल भने अटाएको छैन ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको र १९ औं एसियाली खेलकुदमा समेत सहभागिता जनाइसकेको ह्याण्डबल खेललाई बाहिर राखेको छ ।

तर राखेपले आगामी ५० वर्ष सम्म करौडौं रकम खर्च गरेर मेहनत गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पदक हात पार्न नसक्ने खेललाई राखेपले वार्षिक क्यालेण्डरमा महत्वका साथ राखेको छ । सोही वार्षिक क्यालेण्डरलाई महत्व दिंदै मन्त्री श्रेष्ठ सार्वजनिक गरेका छन् ।

क्यालेण्डर सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला धन्यबाद दिएका छन् ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औल्याए ।

सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् ।

राखेपको आयोजनाम हुने विभिन्न ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघका गरी १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close