
पोखरा स्पोर्टस । पोखरामा एथलेटिक्सको पाँच दिने प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश एथलेटिक्स संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रमको अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले आफूले सिकेको शिपको सहि सदुपयोग गर्न प्रशिक्षार्थी शिक्षकहरुलाई आग्रह गर्दै प्रशिक्षणले गण्डकी प्रदेशको एथलेटिक्स खेल विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रशिक्षक प्रशिक्षण कार्यक्रमकी संयोजक एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य निर्मला बरालले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै हरेक विद्यालयमा एथलेटिक्सका यूवा खेलाडी उत्पादन गर्न कार्यक्रमले सहयोग पुग्ने धारणा अघि सार्दै पाँच दिनमा सिकेको शिप व्यवहारमा उर्तान आग्रह गरिन् ।
गण्डकी प्रदेश एथलेटिक्स संघका अध्यक्ष हरि बहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक धनीराम चौधरी, संघकी उपाध्यक्ष इन्द्रा मल्ल, महासचिव मन बहादुर थापाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका २२ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
