पोखरामा सुरु भयो टेनिस प्रशिक्षक/प्रशिक्षण कार्यक्रम

पोखरा स्पोर्टस । पोखरामा टेनिस प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । पाँच दिने उक्त कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले परिषदले सबै खेलको विकास र विस्तारमा उत्तिकै प्रभावकारी बनाउन यस प्रकारका प्रशिक्षण कार्यक्रमहरुलाई विशेष रुपमा अघि बढाएको बताए । गण्डकी प्रदेश टेनिस खेलले गण्डकीको प्रतिष्ठालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको धारणा अघि सार्दै उनले यूवा खेलाडी उत्पादनका लागि प्रशिक्षक/प्रशिक्षण प्रभावकारी हुने बताए ।

परिषदले रेफ्रि र प्रशिक्षकहरुका लागि दुर्घटना विमा, ओलम्पियनहरुलाई भत्ताको व्यवस्थालगायत महत्वपूर्ण कार्यक्रमहरु अघि सारेको जनाउँदै प्रदेश खेलकुद परिषद गण्डकीले सारेका योजनाहरुलाई अन्य प्रदेशहरुले समेत अङ्गिकार गर्न थालेको सदस्य सचिव शर्माले उल्लेख गरे । उनले खेलकुदमा महिला सहभागिता बढाउन परिषदले विभिन्न कार्यक्रमहरु अघि सार्ने समेत बताए । उनले गण्डकी प्रदेशले पहिलो पटक यू–१५ प्रतियोगिता समेत आयोजना गर्ने भएकोले यसको सफलताका लागि सहयोग र सहकार्य गर्न आग्रह समेत गरे ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव नविन चालिसे, कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

पाच दिने प्रशिक्षक/प्रशिक्षणमा प्रशिक्षक र विभिन्न विद्यालयका खेल शिक्षकहरु गरी २० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नेपाल टेनिसका मुख्य प्रशिक्षक राजकुमार लामाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close