१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा तोडिए सबै रेकर्ड, केन्याली धावकहरुको दबदवा, २१ किमितर्फ सन्तोषीको जित

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमि)तर्फ नयाँ समय रेकर्ड कायम गर्दै केन्याली धावकहरुले बर्चश्व बनाएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न म्यारथनतर्फ नयाँ समय रकेर्ड कायम भएको छ । यस अघि रहेको केन्याली २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको रेकर्ड तोड्दै अर्का केनयाली धावक विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै च्याम्पिपियन बने । १८ औं सस्करणमा पहिलो भएका जुलियस मुरियाली वाहोम भने २ सेकेण्ड पछि पर्दै २ घन्टा १७ मिनेट २६ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यस्तै अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गरी तेस्रो स्थान हासिल गरे ।

च्याम्पियन बनेका विल्सनले नगद रु ५ लाख हात पार्दा, जुलियसले नगद रु ३ लाख र ओनेसमसले नगद रु २ लाख हात पारेका छन् ।

म्याराथनतर्फ नै नेपाली धावक किरण सिंह बोगोटीले चौथो स्थान हात पारे । पाचौ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौ स्थानमा रिखुलाल सिंह मगर। सातौं स्थानमा दिनेश सिंह बोगोटी र आठौं स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे । उनीहरुले जनही क्रमश नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले २ घन्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे । उनीहरुले क्रमश जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।

पुरुष २१ किमि हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले १ घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पुरा गरि पहिलो हुँदा, नेपाली धावक सन्तोष विक्रम विष्ट १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पुरा गर िदोस्रो, १ घन्टा १० मिनेट ०२ सेकेण्डमा दौड पुरा गरी गजेन्द्र राई तेस्रो बन्दा केन्याली धावक इम्यान्युल किप्तारबी चौथो र उमेश थापा पाचौ बने । उनीहरुले क्रमश जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार, १५ र ५ हजार प्राप्त गरे ।

यस्तै महिला २१ किमि दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले १ घन्टा २० मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक १ घन्टा २१ मिनेट ०७ सेकेण्डको समय लिंदै दोस्रो हुँदा १ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपता कुमारी कठायतले पाँचौ स्थान हासिल गरिन् । उनीहरुले क्रमश जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार १५ हजार ५ हजार प्राप्त गरे ।

यता १० किमि पुरुष दौडमा ३६ मिनेट ०४ सेकेण्डमा दौड पुरा गरी नागेश्वर अहिर पहिलो भए । त्यस्तै राजेन्द्र तामाङ दोस्रो भए । उनले ३६ मिनेट १४ सेकेण्डमा दौड पुरा गरे भने तेस्रो भएका बादल कार्कीले ३६ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरी तेस्रो बने । ३८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी महिलातर्फ सुमित्रा कुमारी चौधरी पहिलो हुँदा ४४ मिनेट ३२८ सेकेण्डमा दौड पुरा गरेकी आशा रावत दोस्रो र ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी नारायणी भण्डारी तेस्रो बनिन् । उनीहरुले क्रमश जनही नगद रु ३०, २० र १० हजार प्राप्त गरे ।

म्याराथन अन्तर्गत नै सम्पन्न ५ किमि छात्रतर्फ सुगन लामिछाने, सुजन नेपाली र इश्वर ढकाल क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा छात्रातर्फ मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमश पहिलो दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश जनही नगद रु १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

भेट्रान्स पुरुष ५० माथीको दोडमा धर्म महर्जन पहिलो, रेवत बहादुर ढकाल दोस्रो र अभी नारायण अधिकारी क्रमश पहिलो, दोस्रो र तेस्रो बने भने महिलातर्फ टोल माया थापा पहिलो, दुर्गा लक्ष्मी गुरूङ दोस्रो र राम माया गुरूङ तेस्रो भइन् । उनीहरुले क्रमश जनही नगद रु १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

यस अघि पोखरा रंगशालाबाट सुरू भएको १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघिय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महनगरका मेयर धनराज आचार्य, मुख्य प्रायोजक संस्था लक्ष्मी ग्रुप हाउसका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, सदस्य सचिब श्रीधर शर्मा, लक्ष्मी ग्रुप हाउसका कार्यकारी निर्देशक सुनिल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close