कास्की क्रिकेट लिग : भद्रकालीको पहिलो जित

पोखरा स्पोर्टस । टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा अपराजित रहँदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका हुन् ।

यस अघि विन्ध्यबासिनीले उद्घाटन खेलमा भद्रकालीलाई ९ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै आफनो अपराजित यात्रा जारी राख्दा अकलाले भने लगातार दोस्रो हार व्योरेको छ । प्रतियोगितामा भद्रकाली र बाराहीले भने समान एक–एक खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको थियो । एक सय ६६ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङका लागि मैदान उत्रेको बाराही १८.३ ओभरमा अल आउट हुदै जम्मा एक सय चार रनमा समेटिन पुगेको थियो ।

खेलमा खेलका म्यान अफ दी म्याच समेत रहेका भद्रकालीका आदित्य थापाले अर्धशतक पुरा गर्ने क्रममा २३ बलमा चार चौका र ६ छक्का सहित ५७ रन प्रहार गरेका थिए । टोलीका लागि ओपनर रोहित चन्द्रले ३२ बलमा ५ चौका र २ छक्का सहित ४३ र अर्का ओपनर सम्राट अधिकारीले २३ बलमा दुई चौका सहित टोलीका लागि १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न असफल रहे ।

बाराहीका लागि ओपनर अर्जुन कुमालले १६ बलमा चार चौका सहित टोलीका लागि सर्वाधिक २१ रन जोड्दा अशेष न्यौपानेले २७ बलमा २०, अर्का ओपनर सुमन पन्तले २७ बलमा दुई चौका सहित १७ र सोनु यादवले आठ बलमा दुई चौका सहित १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

खेलमा बाराहीका अभिषेक पौडेलले ४ ओभर खेल्दै २० रन खर्चेर चार विकेट हात पार्दा सुमन पन्तले तीन, अर्जुन कुमालले दुई सगै भद्रकालीका नितेष गिरीले ३.३ ओभर खेल्दै ११ रन खर्र्चेर चार विकेट हात पार्दा सुस्मनी गौतम सुनारले तीन विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनीले २० ओभर खेल्दै ५ विकेट गुमाएर २ सय २ रन जोडेको थियो भने प्रतिउत्तरमा २ सय ३ रनको लक्ष्य पछ्याउदै ब्याटिङका लागि मैदान उत्रेको अकला २३.२ ओभर खेल्दै १० विकेट गुमाएर १ सय ७२ रनमा समेटिन पुगेको थियो ।

बिन्ध्यवासिनीको जितमा अर्धशतक पुरा गरेका खेलका म्यान अफ दी म्याच समेत रहेका ओपनर सफल श्रेष्ठ नट आउट रहदै ७७ बलमा ११ चौका र दुई छक्का सहित ८८ रन जोडेका थिए । अर्का ओपनर सिब्रिन श्रेष्ठले ४० बलमा पाँच चौका र दुई छक्का सहित ४९ र शंकर वाग्लेले १२ बलमा समान एक चौका र छक्का सहित १५ रन जोडेका थिए ।

उता अकलाका लागि ओपनर साहिल कुँवरले अर्धशतक पुरा गर्ने क्रममा ५५ बलमा नौ चौका र एक छक्का सहित ६४ रन बनाएका थिए । अर्का ओपनर मनिश भण्डारीले ३० बलमा पाँच चौका प्रहार गदै ३१, विवेक अधिकारीले १० बलमा समान एक चौका र छक्का सहित १६, सक्षम आर्चायले नौ बलमा दुई चौका सहित टोलीका लागि १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन्न ।

खेलमा विन्ध्यवासिनीका सविन सुवेदीले तीन, सौरभ सिंदुकीले दुई विकेट लिदा अकलाका अनिश पटेल र समिर भुजेलले समान दुई दुई विकेट लिएका आयोजक संघका अध्यक्ष संञ्जयकान्त सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close