नवलपुरको मध्यविन्दुमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

पोखरा स्पोर्टस । नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल  टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रममा मध्यविन्दुमा नगर पालिकाले सहकार्य गरेको हो । नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्यापनरत २०० भन्दा बढि विद्यार्थी र ओलम्पियन बीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका विभिन्न आयामहरुका बारेमा जानकारी गराइएको थियो ।

गण्डकी प्रदेशमा नै पहिलो पटक आयोजित कार्यक्रमको मध्यविन्दु नगर पालिकाका नगर प्रमुख भिमलाल अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उनले सो अवसरमा परिषदलाई यो अवसर दिएको प्रति आभार व्यक्त गर्दै विद्यार्थी र ओलम्पियन बीचको यो अन्तक्रियाले धेरै यूवा खेलाडी उत्पादन गर्ने संगै अनुशासित नागरिका उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह हुने् बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं कार्यक्रमका अध्यक्ष श्रीधर शर्माले मध्यविन्दु नगर पालिका खेलकुदमा देशकै उत्कृष्ट पालिका समेत घोषित भएकोले परिषदले मध्यविन्दुमा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले ओलम्पियन र विद्यार्थी बीचको सम्बन्ध नजिक बनाउन र विद्यार्थीहरुलाई खेलकुदमा आकर्षण गर्न कार्यक्रम फलदायी हुने बताए । उनले यस्तै प्रकारका कार्यक्रम प्रदेशका अन्य तीन जिल्लामा समेत तयारी भइरहेको बताउँदै परिषदले समाजमा खेल संस्कृतिको विकास गर्न अहम भूमिका खेल्ने बताए ।

प्रदेश सरकारले खेलाडीहरुको योगदानलाई सम्मान गर्दै मासिक भत्ता दिन सुरु गरेको जनाउँदै समाजको हरेक क्षेत्र ओलम्पियनहरुले राष्ट्रलाई दिएको योगदानका बारे अझै सुसुचित हुनुपर्ने सदस्य सचिवको भनाई थियो  । विद्यालयतहमा खेलकुदलाई सहज पहुँच र विपन्न वर्गका बीच खेलकुद पुर्याउन प्रदेश खेलकुदले स्कुल टु ओलम्पिक र खेल्छ गण्डकी जस्ता बहुआयमिक कार्यक्रमहरु अघि बढाएको बताउँदै उनले खेलकुदले नै देशको समृद्धिको आधार हो भन्ने कुरालाई स्थापित गर्न परिषद प्रयासरत रहेको जनाए । 

कार्यक्रममा आफ्ना भनाई राख्दै ओलम्पिन एसोशियसनका अध्यक्ष दिपक विष्टले यस प्रकारका विगत दखि नै आयोजना हुँदै आएको बताउँदै खेलकुदको उर्वर भूमी नवलपुरमा ओलम्पियन र विद्यार्थीहरु बीचको यो सम्वादले समाजले अनुशासित यूवा खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए । विद्यार्थीहरु राष्ट्रको कर्णधार समेत रहेकाले पनि अझै अनुशासित भई अघि बढ्नुपर्ने कुरा औंल्याउँदै हरेकले आफ्नो उत्तरदायित्व बहन गर्न दृढ संकल्पका साथ लगनशिल भएमा मात्रै लक्ष्यमा पुग्न सकिने उनले बताए

सो अवसरमा नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा ओलम्पियन टिका बहादुर बोगोटी, ओलम्पियन देवु थापा, ओलम्पियन कमल बहादुर अधिकारी र विशेष आकर्षणको रुपमा तेक्वान्दोकी सिता तामाङ र नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मान बहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close