
पोखरा स्पोर्टस । एसियाली फुटबल महासंघ (एफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को लागि प्राविधिक सहयोग कोष सुचारु गर्न सहमत भएको छ ।
सहमती संगै एन्फाले अब एफसीबाट विशेष कोषको रूपमा रकम प्राप्त गर्ने भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले शनिबार साउदी अरेबियामा एएफसीका महासचिव दातो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दनीसँग भेटवार्ता गरेका थिए । बैठकले अनुदानको निरन्तरतालाई पुष्टि गरेको छ ।
उक्त रकमले सबै जिल्ला, प्रदेश र एन्फाका प्रशिक्षक र सबै विभागका प्रमुखको तलब सुनिश्चित गर्नेछ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत नोभेम्बरमा बहराइनमा एफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँगको भेटमा प्रशिक्षकको पारिश्रमिकका लागि एएफसीबाट आर्थिक सहयोग जारी राख्न अनुरोध गरेका थिए । बैठकमा एफसी अध्यक्षले यस विषयमा सकारात्मक रहेको बताए ।
