एटीएफ यु–१२ टिम च्याम्पियनसिप सुरु

पोखरा स्पोर्टस । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
 
पहिलो दिन नेपालको ब्वाइज÷गर्ल्स दुवै टोली पराजित भएका छन् । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गरेको हो । ब्वाइजतर्फ बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३–० ले हराए । गर्ल्समा बंगलादेशले नेपाललाई २–० तथा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पाखा लगाए ।
 
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन् । ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन् । गर्ल्समा पाकिस्तान र भुटान बाहेक ५ राष्ट्रको सहभागिता छ ।
 
नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् । नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
 
ब्वाइज÷गर्ल्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close