अरहन्त, अमिर, विपना र स्वास्थानी राष्ट्रिय र्याङकिङ स्क्वासको फाइनलमा

पोखरा स्पोर्टस । अरहान्तकेशर सिम्ह र अमिर ब्लोन बिहिबार एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
 
नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलमा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ उपाधि भिडन्तमा पुगे ।
 
सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनलमा विपनाले चिरपरिचित प्रतिद्वन्द्वी कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५ र ११–६ ले हराइन् । अर्को सेमिफाइनलमा लिग चरणमा शीर्ष स्थानमा रहेर नकआउटमा पुगेकी स्वास्थानीले अस्मिता नगरकाटीको चुनौती सजिलै ११–७, ११–२ र ११–२ ले समाप्त पारिन् ।
 
यसअघि, पुरुष एकल सेमिफाइनलमा अरहान्तले पाासाङ ब्लोनलाई सीधा सेटमा ११–६, ११–६ र ११–५ तथा अमिरले दीपक थापालाई चार सेथमा १४–१२, ४–११, ११–९ र ११–९ ले पराजित गरे ।
 
हरेक वर्ष वरीयता छुट्याउन भइरहको यो प्रतियोगिताको समापन शुक्रबार हुनेछ । यस प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close