‘खेल्छ गण्डकी’का प्रशिक्षार्थी टेनिस खेलाडीहरुलाई पोखरा वडा नं १५ द्वारा सहयोग

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित ‘खेल्छ गण्डकी’ बाट प्रभावित भएर पोखरा महानगर पालिका वडा नं १५ को कार्यालयले आफ्नो वडा बाट कार्यक्रममा सहभागि १२ जना खेलाडीहरुलाई प्रोत्सहानका लागि सहयोग गरेको छ ।

गण्डकी प्रदेश टेनिस संघको ब्यवस्थापनमा ६५ दिने विपन्नवर्गका बालबालिकाका लागि टेनिस प्रशिक्षणमा सहभागि १२ जनालाई ३÷३ हजारका दरले ३६ हजार बरावरको पौष्टिक आहार प्रदान गरेको हो । प्रशिक्षणमा सहभागिता जनाएको कुल ३० जना मध्ये १२ जना वडा नं १५ का विपन्न वर्गका बालकालिकाहरु रहेका छन् ।

सो अवसरमा बोल्दै वडा नं १५ का अध्यक्ष एवं जिल्ला खेलकुद कास्कीका अध्यक्ष समेत् रहेका तोरण बहादुर बाँनियाले आफ्नो वडा पूर्वाद्धार विकासमा मात्रै नभई वडावाशीलाई स्वस्थ्य नागरिको बनाउन खेलकुदलाई प्राथमिकतामा राखिएको बताउँदै आफ्नो वडाबाट १२ जना यूवा खेलाडीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । खेल्छ गण्डकी कार्यक्रम प्रदेश खेलकुदको बहुआयामिक कार्यक्रम मध्येको एक रहेकोले यस कार्यक्रममार्फत खेलाडी उत्पादनमा समेत उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई थियो ।

सो अवसरमा हालै सम्पन्न पोखरा महानगरस्तरीय ब्याडमिन्टनमा पदक जित्न सफल खेलाडी तिलमायाँ राना, मनु राना, प्रदिप श्रेष्ठ र डोलराज आलेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने ब्याडम्निटन प्रशिक्षक एवं रेफ्रि ज्ञानेन्द्र भण्डारीलाई समेत सम्मान गरेको छ । उक्त प्रतियोगितामा वडा नं १५ ले सिंगल्स मेन्सतर्फ रजत, मेन्स र उमेन्स डबल्समा काश्य पदक जितेको थियो ।

सो कार्यक्रममा कार्यपालिका तथा वडा सदस्यहरु मन्दिरा परियार, आशिष भण्डारी बलराम पौडेल, सेतीमायाँ गुरुङ गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close