गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण जेठ १ देखि पोखरामा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण जेठ १ गते देखि पोखरामा सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम तय भएको हो । प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न विद्यालयका ४० भन्दा बढि खेल शिक्षकहरुका सहभागिता हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

यसका साथै गण्डकी प्रदेश ह्याण्डबल संघले यहि जेठ भित्र रेफ्रि प्रशिक्षण कार्यक्रम र प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको समेत तयारी गरेको छ । उक्त प्रतियोगिता १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट समेत हुने गरी आयोजना हुन थालेको हो । छनौट भएका खेलाडीहरुलाई परिषदले बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण समेत दिने भएको प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

प्रशिक्षणमा गण्डकी प्रदेशका हरेक जिल्लाबाट कम्तिमा तीन–तीन जना खेल शिक्षक र कास्कीका विभिन्न सामुदायिक एवं निजी विद्यालयका करिव १५ जना शिक्षकहरुले प्रशिक्षणका सहभागिता जनाउने छन् ।

जेठ ५ गते सम्म सञ्चालन हुने प्रशिक्षणमा विद्यालयमा यूवा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको महासचिव राजेन्द्र पाहाडीले बताए ।

यसै वर्ष देखि आयोजना हुने प्यावसन कास्की स्पोर्टस मिटमा समेत ह्याण्डबल प्रतियोगिता समावेश भए पछि गण्डकीमा ह्याण्डबल खेलको विकास थप सहयोग पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close