पोखरा स्पोर्टस अवार्डलाई यूकेबाट महत्वपूर्ण सहयोग, मञ्चद्वारा आभार व्यक्त

पोखरा स्पोर्टस । आठौं पोखरा स्पोर्टस अवार्डलाई युकेबाट महत्वपूर्ण सहयोग प्राप्त भएको छ ।

सहयोग गर्नेहरुमा सहारा युके, बगर भाइखलक यूकेलगायत विभिन्न खेलप्रेमी एवं समाजसेबीहरु रहेका छन् । सहारा युके परिवारले आठौं पोखरा स्पोर्टस अवार्डलाई संस्थागत रुपमा नगद ५० हजार सहयोग गर्ने घोषणा गरेको छ भने बगर भाइ खलक युकेका अध्यक्ष दिलरास गुरुङ र उपाध्यक्ष कमल गुरुङसहितले संस्थाको तर्फबाट नगद ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

आज शुक्रबार आयोजना हुने पोखरा स्पोर्टस अवार्डका लागि युकेबाट सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष दिलिप गुरुङ, पूर्व अध्यक्ष मिन गुरुङ ‘साइला’, पूर्व अध्यक्ष कुमार गुरुङ, निवर्तमान अध्यक्ष ले.रि.कुशाङ गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सचिब मञ्जु गुरुङ राई, सल्लाहकार द्वय हरि श्रेष्ठ र शेरा गुरुङले जनही नगद रु १०–१० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै गरी सहयोग गर्नेहरुमा गोर्खा प्यालेस फान ब्रोका प्रोप्राइटर एवं यूके च्यारिटी किङबाट परिचित सूर्य गुरुङले १५ हजार नगद सहयोग गरेका छन् भने सहारा क्लबका मानार्थ सदस्य एवं शिक्षासेवी महेश गुरुङले नगद १० हजार, क्लबका मानार्थ सदस्य लोक गुरुङ र रामबजार सोसाइटी यूकेका पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलाडी रुपक गुरुङले जनही नगद रु ५–५ हजार, समाजसेवी डा. चन्द्र गुरुङ र सहारा युकेका सल्लाहकार नरजङ्ग गुरुङले जनही नगद ५–५ हजार तथा अग्रज फोटो पत्रकार एवं गोर्खा मिडियाको तर्फबाट मिलन गुरुङले नगद १० हजार सहयोग गर्ने जनाएका छन् । त्यसै गरी युकेबाट थ्रिसिक्स इञ्जिनियर रेजिमेन्ट एण्ड क्यूजिई क्या कृष्ष पुनले १० हजार सहयोग गर्ने जनाएका छन् ।

देश विदेशबाट पोखरा स्पोर्टस अवार्डका लागि प्राप्त सहयोगका लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले आभार व्यक्त गरेका छन् । उनले भनेका छन्–“यो महत्वपूर्ण सहयोग हो । खेलाडीको सम्मान र खेलकुद विकासका लागि सहारा युके, बगर भाइ खलक युके तथा खेल क्षेत्रलाई मायाँ गर्ने सहयोगी मनहरुलाई मञ्चको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।”

यस्तै सहयोग हङकङलगायत अन्य देशबाट समेत प्राप्त भइसकेको मञ्चले जनाएको छ । अवार्डलाई सहारा क्लब हङकङ, पूर्व उपकप्तान मञ्जु गुरुङ, अन्तर्राष्ट्रिय खेलाडी सपना मल्ललगायतले सहयोग गरेका छन् ।

पोखरा सभागृहमा आज शुक्रबार एक भव्य कार्यक्रमबा त्रीच आठौं संस्करणको पोखरा स्पोर्टस अवार्ड कार्यक्रम हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close