सेपाक ताक्रो संघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । सेपाक ताक्रो संघको प्रथम अधिवेशनले श्याम बहादुर श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

पोखरामा बुधबार सम्पन्न अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । यसै गरी उपाध्यक्ष द्वयमा नवलपुरका ढाकाराम भट्टराई र डिलमायाँ गुरुङ महासचिबमा स्याङजाका लाल बहादुर गुरुङ, सचिबमा स्याङजाका आयूष गुरुङ र कोषाध्यक्षमा स्याङजाकी शर्मिला थापा सर्वसम्मत निर्वाचित भए ।

यसै गरी कार्यसमिति सदस्यमा कर्ण बहादुर थापा (तनहुँ), मोहन गुरुङ (कास्की), भुवन बहादुर सेढाई (गोरखा), अरुण बराल (लम्जुङ), रमेश सिं ठकुरी (म्याग्दी), संजिव श्रेष्ठ (तनहुँ), रमेश श्रेष्ठ (पर्वत), सूर्य बहादुर थापा (बाग्लुङ) र मेलिना गुरुङ (स्याङजा) निर्वाचित भएका छन् ।

यस अघि उक्त अधिवेशनको उद्घाटन प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close