पोखरामा १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप सुरु, ‘खेलकुद व्यवसायिक बन्नु पर्छ’–सदस्य सचिव घिसिङ

पोखरा स्पोर्टस । पोखरामा मंगलबारबाट १२ औं राष्ट्रिय च्याम्पियनसिप सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा सुरु भएको उक्त च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । सो अवसरमा बोल्दै सदस्य सचिब घिसिङले नेपाली खेलकुद अब ब्यवसायिक बन्नु पर्नेमा जोड दिएका छन् ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा सहभागि खेलाडी र आयोजकलाई सम्वोधन गर्दै सदस्य सचिव घिसिङले भने–“यो कार्यक्रमले म निकै उत्साहित छु । आर्चरी खेलमा समेत यति ठूलो सहभागिता हुने विषय सुखद विषय हो ।” सबै खेलाडीहरुले आ–आफ्नो खेल क्षेत्रमा दत्तचित्त भएर खेल्न आग्रह गर्दै सदस्य सचिव घिसिङले प्रश्न गर्दै भने–“हामी समय विताउन वा हामी मनको रहर पुरा गर्नका लागि मात्रै खेल्ने हो की ? व्यवसायिक खेलाडी बन्नका लागि ?” उनले यो विषयमा खेलाडीहरु संग छलफल गर्ने बताउँदै आफू व्यवसायिक खेलाडीको रुपमा स्थापित हुनका लागि खेल्नुपर्ने बताए ।

नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने कुरालाई कानुनमा नै स्थापित गरिसकेको बताउँदै सदस्य सचिव घिसिङले खेलकुद विकासका लागि निर्माण भएका ऐनहरु अध्ययन गर्न आग्रह गर्दै भने–“हिजोको परिस्थिती फरक थियो । आज फरक परिस्थिती छ । खेल जिवनमा खेलाडीहरुले व्यवसायिकता अंगाल्ने हो भने आर्थिक रुपले कुनै समस्या झेल्नु पर्दैन ।”

तीन तहकै सरकारले खेलाडीहरुको जिविकोपार्जनका लागि कार्यक्रमहरु अघि सारेको बताउँदै अहिलेको खेलकुदले खेलाडीलाई आर्थिक रुपले बलियो बनाउन कार्यक्रम अघि सारेकोले खेलाडीहरुे व्यवसायिक रुपमा स्थापित गर्न अघि बढ्नु पर्ने सदस्य सचिव घिसिङले औंल्याए । व्यवसायिकताले नै खेलाडीहरुले आफ्नो व्यक्तिगत क्षमता माथी उठ्ने मात्रै नभई मुलुकलाई खेलकुदको माध्यमबाट चिनाउन सहयोग पुग्ने उनको भनाई थियो । उनले पोखरा रंगशालाको आर्चरी केन्द्र निकै मनमोहक रहेको बताउँदै आर्चरी खेलको विकासका लागि राखेप सदैव सहयोगका लागि तयार रहेको समेत् बताए ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुदको विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बताउँदै खेलाडी, प्रशिक्षक र रेफ्रिहरुको दुर्घटना विमालगायतका कार्यक्रम अघि सारेको बताए । उनले खेल संघहरुलाई संस्थागत सुधारको अभियानलाई अघि बढाउन समेत परिषदले भदौ देखि नै कार्यक्रम अघि सारेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा मर्यादाक्रमलाई अघि बढाउने पहिलो प्रदेशको रुपमा स्थापित भएको बताए ।

नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव रमेश प्रसाद सिवाकोटी, सचिव योगेन्द्र शेरचनले आर्चरी खेलको विकासका लागि आर्चरी खेलको विकासमा ध्यान नपुग्दा सोचे अनुरुपको नतिजा प्राप्त हुन नसकेको औंल्याउँदै सहयोगका लागि आग्रह गरेका थिए ।

प्रतियोगितामा तीन विभागिय टोली सहित विभिन्न ११ जिल्लाका गरी ६५ खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न तीन विद्यामा गरी कुल १० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ७० मिटर रिकर्वतर्फ महिला तथा पुरुष, ५० मिटर कम्पाउण्ड र स्टाण्डर्ड महिला/पुरुष ३० मिटरतर्फ प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close